भीमफेदीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते

मकवानपुर । भीमफेदी–कुलेखानी सडक खण्डअन्तर्गत् भीमफेदी–६, चिसापानी गढी नजिकै आइतबार दिउँसो जीप दुर्घटना भएको छ ।

हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ४१०६ नम्बरको जीप अनियन्त्रित भएर सडकबाट करिब १०० मिटर तल खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। उनीहको सनाखत हुन सकेको छैन।

Advertisement

जीपेमा आठ जना सवार रहेको र सुमो सडकबाट सिम खोलामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए।

‘एउटा बच्चासहित जीपमा आठजना सवार थिए। जसमध्ये छजना घाइतेको भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

More News last news
Loading...