काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा फर्किएको छ।
राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई १८ रनले हराउँदै दिल्ली शीर्ष स्थानमा फर्किएको हो।
दिल्लीले दिएको २ सय २९ रनको लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाएर २ सय १० रन मात्र बनाउन सक्यो।
यसअघि टस हारेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट एर २ सय २८ रन बताएको थियो।
जितसँगै ४ खेलबाट ६ अंक जोडेको दिल्ली अंक तालिकाको शीर्ष स्थानमा फकिएको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
