काठमाडौँ उपत्यकामा थप १ हजार १७७ जना कोरोना संक्रमित फेला

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार १७७ जना कोरोना संक्रमित फेला परेका छन्।

काठमाडौँमा १ हजार १, ललितपुरमा १०९ र भक्तपुरमा ६७ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारको पत्रकार सम्मेलनमा जानकारी दिएको हो।

Advertisement

२४ घण्टामा जम्मा १२ हजार ९ सय ७८ पीसीआर परीक्षण भएका छन्।

त्यस्तै नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२८ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार १२० जना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ।

त्यस्तै एकैदिन २ हजार ४४ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म कोरोनालाई जित्नेको संख्या ६२ हजार ७४० पुगेको छ।

अहिले २१ हजार ३०२ जनामा सक्रिय संक्रमण छ।

More News last news
Loading...