कोरोना संक्रमणमा चीन र जापानलाई पछ्याउँदै नेपाल, सबैभन्दा बढी संक्रमित हुने देशको सूचिमा ४६औँ नम्बरमा
काठमाडौँ । पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै बढेसँगै नेपाल कोरोना संक्रमण उच्च रहेका देशको सूचीमा ४६ औँ स्थानमा उक्लिएको छ ।
शनिबार बिहान यो समाचार तयार पार्दासम्म नेपालमा जम्मा ८२ हजार ४५० जना कोरोना पोजेटिभ देखिएका छन् । जसमध्ये ७७ हजार २१९ संक्रमित निको भएर घर फर्किसकेका छन् भने ५२० जनाको ज्यान गएको छ ।
यो सँगै कोरोनाको अपडेट दिँदै आएको वल्डोमिटरको विश्व सूचिमा नेपाल ४६ औँ स्थानमा उक्लिएको छ । नेपालभन्दा अगाडी जापान र चीन रहेका छन् ।
जापानमा हालसम्म ८४ हजार २१५ तथा चीनमा ८५ हजार ४३४ संक्रमित छन् ।
२४ घण्टामा २ हजार ७२२ संक्रमित
शुक्रबार नेपालमा अहिलेसम्मकै धेरै २ हजार ७२२ संक्रमित थपिएका छन्।
पछिल्लो एक साताको तथ्यांक हेर्दा पनि नेपालमा संक्रमित हुनेको संख्या बढेको छ। अहिले २१ हजार २३४ जनामा संक्रिय संक्रमित छन् ।
संक्रमितको संख्या यही दरमा बढ्दै गए नेपालले कोरोनाको उद्गमस्थल चीनलाई एकदुईदिनमा उछिन्ने मात्र होइन बिस्तारै संसारकै सबैभन्दा बढी संक्रमित रहेका देशहरुको सूचीमा पर्ने देखिएको छ।
चाडवार्ड नजिकिएको र सबैभन्दा धेरै जनसंख्या रहेको काठमाडौं उपत्यकामा संक्रमण फैलिएकाले नेपाल संसारमै धेरै असरपर्ने मुलुकहरुमा पर्ने देखिएको छ।
शुक्रबारको तथ्यांक अनुसार काठमाडौँ उपत्यकामा एकैदिन १ हजार ६३८ संक्रमित थपिएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
