काठमाडौँ । ग्लोबल आइएमई बैंकले बैतडीको थाड र संखुवासभाको खराङमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ।
थप २ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २२२ पुगेको छ।
बैतडी जिल्लाको भूमेश्वर नगरपालिका वडा नं. ४, थाडमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा स्थानिय प्रेम सिंह महरा र संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा नं. १०, खराङमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा स्थानिय ललित बहादुर कटुवाललाई नियुक्त गरिएको छ।
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन्।
यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिशहोम, सिडिएमए, युटिएल, एनटिसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
