काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।
नेपाल आयल निगमले बिहीबार राती १२ बजेदेखि लागु हुनेगरी डिजेल र मट्टितेलको मूल्य १र१ रुपैयाँका दरले घटाएको हो।
अब काठमाडौँमा डिजेल तथा मट्टितेलको मूल्य ८९–८९ रुपैंया कायम भएको छ। पेट्रोलको मूल्य भने १०७ रुपैंयामा यथावत छ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा केही गिरावट आएको र सोही अनुसार भारतीय आयल कर्पोरेसनबाट मूल्य समायोजन भएर आएकोले मूल्य घटेको हो।
निगमका प्रवक्ता विनितमणि उपाध्यायले १५-१५ दिनमा स्वचालित मूल्यप्रणाली अनुसार मूल्य समायोजन गरिएको बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
