काठमाडौँ । नेपाली काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले आफ्ना पिता गणेशमान सिंहले प्रधानमन्त्री पद त्याग्नुको खुलासा गरेका छन्।
आज गान्धी जयन्तीका अवसरमा नीति अनुसन्धान प्रतिष्ठानले राजधानीमा आयोजना गरेको वेविनारमा बोल्दै उनले त्यस्तो खुलासा गरेका हुन्।
प्रकाशमानले आफ्ना पिता गणेशमान सिंहले सन् १९४७ मा महात्मा गान्धीलाई भेटेको इतिहास समेत सुनाए।
कृष्णप्रसाद भट्टराईसँग गएर भेटेको बखत गान्धीले लोकतन्त्रका लागि ठुलो आन्दोलन सफल गर्न सक्नु भनी आशिर्वाद दिएको बताए।
पूर्व उपप्रधानमन्त्री समेत रहेका सिंहले भने, ‘मेरा पिताजी गणेशमान सिंहलाई गान्धीजीले भविष्यमा लोकतन्त्रका लागि ठुलो सफलता हासिल गर्ने भुमिका मिलोस् भनी आशिर्वाद दिनुभएको रहेछ।’
२०४६ सालको जनआन्दोलनको कमाण्डर भएर गणेशमान सिंहले जनआन्दोलन सफल बनाउने श्रेय पाएको उल्लेख गरे। उनले भने, ‘त्यसलाई उहाँले गान्धीजीको अशिर्वाद भन्नुहुन्थ्यो।’
देशमा जनआन्दोलनको सफलतापछि गणेशमान सिंहलाई प्रधानमन्त्रीको प्रस्ताव आउँदा गान्धीजीलाई सम्झिएको बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
