काठमाडौँ उपत्यकामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित फेला

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा अहिलेसम्मकै धेरै थप ९ सय ४३ कोरोना संक्रमित देखिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार काठमाडौँमा ८१७, ललितपुरमा ६८ र भक्तपुरमा ५८ जना संक्रमित देखिएका हुन् ।

Advertisement

त्यस्तै पछिल्लो २४ घण्टामा जम्मा १२ हजार ४४४ पीसीआर परीक्षण भएका छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको छ।

More News last news
Loading...