२४ घण्टामा अहिलेसम्मकै धेरैमा कोरोना पुष्टि, साढे २१ हजार नाघे संक्रिय संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् ।

आज देशभर १ हजार ९११ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए। यो एकै दिन थपिने संक्रमितको संख्या मध्ये सबैभन्दा धेरै हो ।

Advertisement

यो सँगै देशभर कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या २१ हजार ८३० पुगेको छ।

स्वास्थ्य मन्त्रालयले २५ हजार सक्रिय संक्रमित नाघे फेरि लकडाउन गर्नेगरी सिफारिस गरिसकेको अवस्थामा बिहीबारसम्म सक्रिय संक्रमितम २१ हजार ८३० पुगेको हो।

प्रवक्ता डा. गौतमका अनुसार, आइसोलेशनमा १० हजार ७६१ र होम आइसोलेशनमा ११ हजार ७९ हजार रहेका छन्।

More News last news
Loading...