साधारणसभाको सिजन सुरु, माछापुच्छ्रेको साधारणसभा कात्तिक ६ बाट हुने

काठमाडौँ । यो वर्षको लागि वाणिज्य बैङ्कहरुको साधारणसभाको सिजन सुरु भएको छ।

माछापुच्छ्रे बैङ्कले आगामी कात्तिक ६ गते पोखरामा बस्नेगरी साधारणसभा बोलाएको हो।

Advertisement

कात्तिक ७ गते बडादशैँको फुलपाती पर्छ। त्यसको अघिल्लो दिन बिहान ११ बजे पोखराको होटल पोखरा ग्राण्डमा सो साधारणसभा आह्वान गरिएको हो।

सो साधारणसभामा बैङ्क सञ्चालक समितिले प्रस्ताव गरेको १०.४० प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्त गर्ने र ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा तय गरेको छ।

More News last news
Loading...