बाँकेमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौँ । बाँकेमा कोरोना संक्रमित एक महिलाको उपचारको क्रममा बुधबार मृत्यु भएको छ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको क्रममा नेपालगन्ज उपमहानगरपालिक-१ की ३५ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ।

Advertisement

श्वासप्रश्वासमा समस्या भएपछि उनी असोज २ गते भेरी अस्पतालमा भर्ना भएकी थिइन्।

उपचारकै क्रममा सोही दिन कोरोना परीक्षण गर्दा भोलिपल्ट उनको रिपोर्ट पोजेटिभ आएको थियो।

रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेसन वार्डमा राखेर उपचार थालिएको थियो।

अस्पतालका अनुसार उपचारकै क्रममा बुधबार दिउँसो २:१५ बजे उनको मृत्यु भएको हो।

अस्पतालका अनुसार उनी केही समयदेखि मधुमेह, उच्च रक्तचाप र हाइपोथाइराइडिज्म रोगबाट ग्रसित थिइन्।

More News last news
Loading...