काठमाडौँ । सुनको भाउ आज पनि बढेको छ।
हिजो तोलामा ९ सय रुपैयाँले बढेको सुनको भाउ आज पनि ५ सय रुपैयाँले बढेर ९४ हजार ७ सय रुपैयाँ कायम भएको छ।
हिजो तोलाको ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको भाउ पनि १५ रुपैयाँले बढेको छ।
हिजो तोलाको १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर १ हजार १ सय ९० रुपैयाँ कायम भइ कारोबार सुरु भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
