काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ वटा ल्याबलाई शूल्क समायोजन गर्न २४ घण्टे अल्टिमेटम दिएको छ।
उक्त समयमा शूल्क समायोजन नगरे पीसीआर ल्याब सञ्चालनका लागि दिइएको स्वीकृति खारेज गर्ने मन्त्रालयले निर्णय गरेको छ।
यसअघि सरकारले पीसीआर परीक्षणको शूल्क घटाएर २ हजार रुपैयाँमा झारेको भएपनि केही नीजि ल्याबले भने शूल्क बढी लिएका समाचारहरु बाहिर आएपछि सरकारले यस्तो अल्टिमेटम दिएको हो।
पछिल्लो २४ घण्टामा देशभर १ हजार ५५९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्।
बुधबारको उपत्यकामा मात्रै ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
उनका अनुसार ललितपुरमा ११२, भक्तपुरमा ९३ र काठमाडौंमा ६९७ जनामा संक्रमण पुष्टि भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
