आज मंगलबार ह्वात्तै बढ्यो सुनको मूल्य, हेर्नुहोस् कति पुग्यो ?

काठमाडौँ । आज साताको तेस्रो दिन अर्थात मंगलबार सुनको भाउ ह्वात्तै बढेको छ।

आज सुन ९ सयले बढेर प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कोरोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापा सुन प्रतितोला ९३ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।

Advertisement

त्यस्तै आज तेजावी सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कोरोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...