दशैँ तिहार विशेष मार्मिक गीत ‘दशैँको टिका’ बजारमा (भिडियो)

काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) संक्रमणकाबीच दशैँ तिहार विशेष मार्मिक गीत दशैँको टिका बजारमा आएको छ । नेपालीहरुको महानपर्व दशैँ, तिहार नजिकिएसँगै गायिका कालिका रोका मगरले दशैँ गीत बजारमा ल्याएकी हुन् ।

‘भेट्ने मन त कति छ कति, फर्क प्यारो सम्झेर पिरती, दशैँको टिका सँगै लगाउँला, मिले खूशी सँगसँगै रमाउला, रोए आँशु सँगै बगाम्ला’ बोलको गीत पछिल्लो पुस्ताका उदयीमान गीतकार अनिल खनालले लेखेका हुन् । खनालले नेपाली समाजमा अधिकांश भेटिने वैदेशिक रोजगारीमा रहेका युवा र चार्डपर्वसँगै परिवारमा परदेशीलाई घर फर्काउन गरिने आग्रहलाई टपक्क टिपेर दशैँ गीत बनाएका छन् ।

Advertisement

‘दशैँको टिकासँगै लगाम्ला’ बोलको गीतमा गायिका कालिका रोका मगर र रामचन्द्र चन्दको स्वर रहेको छ भने संगीत पनि गायक चन्दकै रहेको छ।

कालिका रोका मगर, एमबी गुरुङ र सृजना पाण्डेको अभिनय रहेको गीतको म्युजिक भिडियो हुम गैरेले निर्देशन गरेका हुन्।

More News last news
Loading...