आज आइतबार ह्वात्तै घट्यो सुनको भाउ, तोलाको कति ?

काठमाडौँ । आज साताको पहिलो दिन आइतबार सुनको भाउ ह्वात्तै घटेको छ।

आज छापावाल सुन प्रतितोला ६०० रुपैयाँ घटेर तोलाको ९३ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

गत शुक्रबार बिहीबारको तुलनामा तोलामा ८०० रुपैयाँ बढेर सुन ९३ हजार ९ सय रुपैयाँ पुगेको थियो।

यस्तै, आज तेजावी सुनको मूल्य पनि घटेको छ।

आज तेजावी सुन प्रति तोला ९२ हजार ८०० रुपैयाँ रहेको छ।

शुक्रबार तेजावी सुन प्रति तोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज सुनसँगै चाँदीको भाउ पनि घटेको छ।

आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर तोलाको ११ सय ५० रुपैयाँ कारोबार भैरहेको छ।

शुक्रबार चाँदी १ हजार १६० रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...