राजकुमार राना
धादिङ । धादिङको निलकण्ठ नगरपालिका-२ बसाहाका १७५ जना भन्दाबढी नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन्।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय नेता कार्यकर्ताहरु नेताहरुको चुनावी भाषण र व्यवहारले आर्जित भएर प्रमूख प्रतिपक्षी दल नेपाली काँग्रेसमा प्रवेश गरेको काँग्रेस क्षेत्र नम्बर-२ का क्षेत्रीय सदस्य भोज बहादुर थापा मगरले नयाँ पुस्तालाई बताए।
नेकपा नेतृत्वको सरकारले आफ्नो व्यक्तिगत प्रगति गरेपनि देश र जनताका लागि केही उपलब्धी गर्न नसकेको आरोप लगाउँदै नेकपाका सक्रिय कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका हुन्।

पार्टी प्रवेश कार्यक्रममा सभापति रमेश प्रसाद धमला, पुर्व कानुन राज्यमन्त्री दिलमान पाख्रिन, नगर प्रमुख भीम प्रसाद ढुँगेल, पूर्व सांसद् रामनाथ अधिकारी लगायत जिल्लाका नेताहरुको उपस्थिती रहेको थियो।
कार्यक्रममा बोल्दै काँग्रेसका अधिकांस नेताहरुले नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको व्यवहारले गर्दा स्थानीय नेता कार्यकर्तामा वितृष्णा बढ्दै गएको गएको भन्दै देशैभर नेकपा त्यागरेर काँग्रेसमा प्रवेशको लहर चलेको बताएका थिए।

आज मात्रै नेकपाको भातृ संगठन अनेरास्ववियुका पूर्व म्याग्दी जिल्ला अध्यक्ष रुद्र किसान नेपाली काँग्रेस प्रवेश गरेका छन्।
म्याग्दी अनेरास्ववियुका पूर्वजिल्ला अध्यक्ष रुद्र किसानलाई पार्टी सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
