टाटा मोटर्सको दशैँ अफरमा ४ लाखसम्म नगद छुट

काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले टाटा मोटर्स दशैँ अफर सार्वजनिक गरेको छ।

सिप्रदीले विजया दशमी २०७७ को अवसरमा नयाँ गाडी खरिदकर्ताहरुका लागि यो योजना ल्याएको हो।

Advertisement

यो योजना अन्तर्गत टाटा प्यासेन्जर गाडीहरुको खरिदमा चार लाख रुपैयाँसम्मको आकर्षक नगद छुट, निःशुल्क एक वर्षको सवारी कर, प्रत्येक गाडीको मूल्याङ्कनमा सरप्राइज गिफ्ट, प्रत्येक टेस्ट ड्राइभमा आकर्षक उपहारको व्यवस्था छ।

यस्तै जुनसुकै गाडीको एक्सचेन्जमा पचास हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सकिनेछ।

दशैँको अवसरमा ग्राहकले टाटा मोटर्सको जुनसुकै शो रुममा गएर नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादन टाटा एच फाइभ, नेक्सन, टियागो, टिगोर र अल्ट्रोजलगायतका गाडीहरु अवलोकन, टेस्ट ड्राइभ तथा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।

More News last news
Loading...