सिमकोट । ललुङ्जोङमा निर्माण गरिएका सबै भवन चिनियाँ भूभागमै रहेको निष्कर्ष निकालिएको छ।
चिनियाँ पक्षले नेपाली भूभागमा भवन बनाएको भन्ने बारेमा स्थलगत अनुगमनमा नेपाली टोली गएको थियो।
नाम्खा गाउँपालिकाको लाप्चा क्षेत्रको भवन निर्माण स्थलमा दुवै देशका अधिकारीले दुई देशको नक्सा हेर्दा सो भवन चिनियाँ भूमिमै रहेको नेपाली टोलीले निष्कर्ष निकालेको हो।
नेपाली टोलीका प्रमुख प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरिले ललुङ्जोङमा नेपाली र चिनियाँ अधिकारीले दुई देशका नक्सा हेर्दा भवन बनेको क्षेत्र चिनियाँ भूभागमा देखिएको बताए।
सीधा रूपमा नक्सा हेर्दा सो स्थान नेपाली भूभागमा नपर्ने बताउँदै तथ्यगत रूपमा बुझेर मात्र सो विवाद बाहिर ल्याउन उनले आग्रह गरे।
सीमा अनुगमनको महत्त्वपूर्ण उपलब्धि भनेकै नेपाली पक्षले हराएको भनिएको ११ नम्बर सीमा स्तम्भ पत्ता लाग्नु रहेको प्रजिअ गिरीले स्पष्ट पारे।
आजको गोरखापत्र दैनिकमा राजन रावतले समाचार लेखेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
