काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ।
स्वास्थ्यमा समस्या भएपछि पीसीआर परीक्षण गर्दा शुक्रबार कोरोना पुष्टि भएको हो।
बिहीबारसम्म कोरोना संक्रमितको घरघरमा पुगेर आवश्यक सामग्री वितरण र विभिन्न कार्यक्रममा सहभागी महर्जन कोरोना देखिएपछि होम आइसोलेसनमा बसेका छन्।
सरकारले तोकेको होम आइसोलेसनको पूर्वाधार भएकोले बखुण्डोलस्थित आफ्नै घरमा आइसोलेसनमा बसिरहेको उनले बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
