काठमाडौँ । फिनल्यान्डको हेलसिन्की विमानस्थलमा परिचालित १० वटा कुकुर साँच्चै अनौठा छन्।
विमानस्थल सञ्चालक फिनाभियाकाअनुसार मंगलबारबाट सुुँघेर कोरोना भाइरस पत्ता लगाउने कुकुरहरुको समूह यहाँ परिचालन गरिएको छ,युरोपमा कोरोना भाइरसविरुद्धको लडाँइमा कुुकुर प्रयोग गरिएको यो पहिलो अवसर हो।
विश्वमा भने यस्तो प्रयोग दोस्रो हो। दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक कोरोना पहिचानका लागि कुकुुर प्रयोग गरिएको थियो।
‘कोभिड–१९ जित्नका लागि यो एक अतिरिक्त कदम हुनसक्छ,’ हेलसिन्की विमानस्थलका निर्देशक उल्ला लेट्टीजेफले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
फिनाभियाकाअनुसार तालिमप्राप्त कुकुरहरुले १०० मोलेक्लुस वा त्यसभन्दा पनि कम कण पत्ता लगाउन सक्छन्, जो पिसिआर परीक्षणमा प्रयोग हुने १९ मिलियन मोलेक्लुसको दाँजोमा निकै कम हो।
हेलसिन्की विश्वविद्यालयले गरेको अध्ययनअनुसार कुकुरले भाइरस पहिचान झन्डै १ सय प्रतिशत नै सही गर्छ। जबकी, पिसिआरले सही नतिजा दिने दर ६६ देखि ८० प्रतिशत छ।
यसअघि दुुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुँघेर कोरोना भाइरस पत्ता लगाउने कुकुरहरु यसरी नै परिचालन गरिएको थियो, जहाँ ९१ प्रतिशत सही नतिजा निस्किएको थियो । विमानस्थलका सञ्चालकहरुका अनुसार परीक्षण ल्याबको दाँजोमा कुकुुरले अझै चाडों अर्थात् संक्रमित व्यक्तिले लक्षण देखाउनुुअघि नै संक्रमित पहिचान गर्छ ।
कुकुरहरुलाई यस अपरेशनका लागि तालिम प्रदान गर्ने कम्पनी वाइज नोजका सिइओ सुुसान्ना पाभिलाइनेनका अनुसार कुकुहरुको मुख्य प्रयोग देशबाहिरबाट आउने पर्यटकहरुको परीक्षणका लागि गरिन्छ।
विमानस्थलमा परीक्षण गरिने यात्रुहरु कुकुरको प्रत्यक्ष सम्पर्कमा भने आउदैंनन् । बरु, यात्रुहरुले आफ्नै छाला कोट्टयाएर त्यसको नमूना एउटा कपमा हालिदिन्छ, त्यसपछि फरक वुुथमा रहेको कुकुर समक्ष यो लगिन्छ। परीक्षण वैकल्पिक हो र यात्रुहरु नाम पनि सार्वजनिक गरिदैंन, यात्रुहरुले आफ्नो स्वइच्छाले यसरी नमूना पठाइरहेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
