काठमाडौँ । सञ्चारकर्मी ईश्वरी बरालको ‘नरिसाउन होइ’ बोलको नयाँ गीत सार्बजनिक भएको छ। सुरज गैह्रे विवसको शब्द रहेको गीतमा सञ्चारकर्मी बराल र राजेन्द्र भट्टको स्वर रहेको छ।
राजेन्द्र स्वयंमको संगीत रहेको गीतले माया गर्ने जोडीहरुमा उत्पन्न हुने शंकाको बिषय उठान गरिएको छ। गीतको म्युजिक भिडियोमा चर्चित नायक तथा मोडल पल शाह, नायिका बर्षा शिवाकोटी, सरोज अधिकारी र आश्मा विश्वकर्माको दमदार अभिनय देख्न सकिन्छ।
म्युजिक भिडियोलाई सान थापाले निर्देशन गरेका हुन् भने अर्जुन तिवारीले खिचेका हुन्। सञ्चारकर्मी बरालका यसअघि ‘हरेक रात सपनीमा’, ‘लभ पर्न सक्छ’ लगायतका गीत चर्चामा रहेका छन्।
गीतले सार्बजनिक भएको छोटो समयमै लोकप्रियता कमाएको छ। सार्बजनिक भएको २४ घण्टामा ६ लाख २८ हजार बढी भ्यूअर सहित युटुब ट्रेन्डिङको १० औं नम्बरमा आइपुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
