काठमाडौँ । स्वास्थ्य मन्त्रालयले सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार नाघेमा लकडाउन गर्न सिफारिस गरेको छ।
नेपालको स्वास्थ्य सेवाले २५ हजारभन्दा बढी सक्रिय सङ्क्रमितलाई व्यवस्थापन गर्न समस्या हुने भएकोले २५ हजार सङ्क्रमित नाघ्नासाथ लकडाउन गर्न सिफारिस गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।
स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार बुधबार देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार चार सय १४ रहेको छ।
बुधबार बिहान बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमले जनस्वास्थ्य मापदण्ड पालना गर्न नसक्ने व्यवसाय एक महिना बन्द गर्न पनि सरकारलाई सिफारिस गरेको छ।
यसअघि गएको चैत ११ गतेदेखि लगाइएको लकडाउन साउन ६ गते मध्य रातिबाट हटाइएको थियो।
बुधबारसम्म नेपालमा १७ हजार चार सय ११ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
