काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले हुम्लामा नेपाली भूमि अतिक्रमण गरेको स्थानबाट चीनलाई फिर्ता पठाउन माग गरेका छन्।
सामाजिक सञ्जाल ट्वीटरमार्फत अध्यक्ष थापाले हुम्लाको नाम्खा गाउँपालिकास्थित नेपाली भूमिमा चीनले अतिक्रमण गरेर भवनहरू बनाएकोप्रति चासो राखेका हुन्।
पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका थापाले सरकारसँग यसको सत्यतथ्य सार्वजनिक गर्न समेत माग गरेका छन्।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
