आजदेखि लामो दूरीमा साझा बस चल्दै, यस्तो छ रुट

काठमाडौँ । आज (बुधबार) देखि लामो दूरीमा साझा यातायातका बस चल्दै छन् ।

आज साँझ ७ बजेदेखि बस सेवा सुरु हुने साझा यातायातले जनाएको छ ।

Advertisement

साझाका अनुसार आजदेखि, काठमाडौँ–पोखरा–कुस्मा–बाग्लुङ र बुटवल–भैरहवा–सुनौली रुटमा बस चल्नेछन् ।

आज पहिलो बस बेलुका ७ बजे नयाँ बसपार्कबाट र साढे ७ बजे कलंकीबाट छुट्ने तालिका रहेको साझाले जनाएको छ।

यात्रुले साझाको कार्यालय हरिहरभवन, नयाँ बसपार्क वा ई–सेवाबाट टिकट काट्न सक्ने छन्।

यसअघि साझाको लामो दूरीको बस सेवा कोरोना भाइरस सङ्क्रमणको जोखिम कम गर्न सरकारले यातायात सञ्चालनमा रोक लगाएसँगै रोकिएको थियो।

यात्रासम्बन्धी कुनै जानकारी भएमा यो नम्बर ०१५५५२६८६ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

More News last news
Loading...