काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले किग्ङ्स इलेभेन पञ्जाबलाई हराएको छ।
गएराति दिल्लीले सुपर ओभरको खेलमा पञ्जाबलाई हराएको हो । दिल्लीको टिममा नेपालका लेग स्पिनर सन्दीप लामिछाने आबद्ध छन्।
तर यो खेलमा उनी प्लेइङ ११ मा परेनन्। पञ्जाबले ३ बलमा २ विकेट गुमाएर २ रन मात्र बनायो। केएल राहुल २ र निकोलस पुरन शून्य रनमा आउट भए। दिल्लीले तीन बलमा लक्ष्य पूरा गर्यो।
दिल्लीका ऋषभ पन्तले विजयी रन प्रहार गरे । यसअघि दिल्लीले जितका लागि पञ्जाबलाई १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
दिल्लीविरुद्ध पञ्जाबका बलरले उत्कृष्ट प्रदर्शन गरे । मोहमद सामीले ४ ओभरमा मात्र १५ रन खर्चिएर ३ विकेट लिए । यस्तै, सेल्डन काटरेलले २ तथा रवि बिश्रोइले १ विकेट हात पारे।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
