६ महिनापछि आन्तरिक उडान सञ्चालनमा, २५ प्रतिशतमात्र उडान शुरु

काठमाडौँ । लकडाउनसँगै बन्द भएको आन्तरिक हवाई उडान आजदेखि पुनः सुरु भएको छ।

सरकारले कोरोना संक्रमण नियन्त्रण गर्न गत चैत ११ गते लकडाउन घोषणा गरेसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान बन्द भएका थिए।

Advertisement

गत भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले असोज ५ गतेबाट आन्तरिक हवाई उडान सञ्चालन गर्न दिने निर्णय गरेको थियो।

६ महिनापछि आजदेखि सञ्चालनमा आए पनि सबै गन्तव्यलाई समेटेर कोभिड महामारी सुरु हुनु अगाडि भएको उडान संख्याको २५ प्रतिशतमात्रै उडान हुने भएको छ।

यस्तै यात्रुहरुले स्वस्थ भएको घोषणा गर्नुपर्ने र मास्क अनिवार्य लगाउनुपर्ने छ।

यस्तै, आन्तरिक उडान गर्ने सबै वायुसेवा प्रदायक कम्पनीले शतप्रतिशत सिट क्षमतामा नै यात्रु उडाउन पाउने भएका छन्।

सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्न अनुमति दिने सरकारको निर्णयप्रति वायुसेवा कम्पनीहरुले असहमति जनाएपछि असोज २ गते पर्यटन मन्त्रालयमा बसेको बैठकले शतप्रतिशत क्षमतामा उडान गर्न दिने निर्णय गरेको थियो।

More News last news
Loading...