काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरुसंग प्रतिष्पर्धाका लागि पार्टीको झण्डालाई व्यापारका लागि प्रयोग गर्न रोकेर समाजवादको बहसमा उत्रार्न आवश्यक रहेको बताएका छन् ।
गणेशनमान सिंहको स्मृति दिवसका अवसरमा प्रध्यापक बहस चौतारीले आयोजना गरेको अर्चुअल कार्यक्रममा वरिष्ठ नेता पौडेलले कांग्रेसले जनतामाझमा समाजवादीको खरो व्याख्या गरेर जानुपर्ने बताए।
उनले पार्टीको लोगो र झण्डालाई व्यापार व्यवसाय गर्नका लागि प्रयोग गर्ने क्रम बढेको बताए । पौडेलले पार्टीको सवै नेता कार्यकर्ताहरुले समाजवादी आचरण र व्यवहार देखाउनुपर्ने बताए।
आउदो चुनाव जित्नका लागि कांग्रेसलाई समाजवादमा खरो उतार्नु आवश्यक भएको भन्दै अब राजनीति जोडघटाउबाट राजनीति चलाउने होइन सिद्धान्तको राजनीति आवश्यक भइसकेको बताए
पौडेलले भने, कम्युनिष्टसंग हामी खरो रुपमा बहसमा उत्रनुपर्छ। हाम्रो समाजवाद भनेको हो। राष्ट्रियता यो हो लोकतन्त्रप्रतिको आस्था यो हो।
कम्युनिष्टहरुलाई सिद्धानतको बहसमा उतार्न सक्नुपर्छ । कम्युनिष्टहरुको विचार के हो । उनीहरुले अझै पनि झुट बोलिरहेका छन्। पौडेलले कम्युनिष्टलाई सिद्धान्तको बहसमा उत्रार्न सकेमात्र कांग्रेसको जीत हुने बताए।
उनले भने, सिद्धान्तको लडाई नथाले कम्युनिष्टसंग प्रतिष्पर्धामा उत्र्रनै सकिदैन्। उनीहरुसंग पैसा राज्यसत्ता सवै छ अब कम्युनिष्टलाई पररास्त गर्न सकिदैन्।
पुँजीपति रिसाउछ कि भनेर मोजाहिल्ला नगरि जनताले बुझ्ने भाषामा समाजवादको व्याख्या गर्नुपर्ने पौडेलको भनाई थियो।
पौडेल भने, कांग्रेसको समाजवाद भनेको गरिबको हितका लागि हो, दलितको पक्षमा हो, श्रमिकको साथी समाजवाद हो, किसानको विचार समाजवाद हो।
वरिष्ठ नेता पौडेलले गरिबको हित सुरक्षा नगरि पुँजीपतिको सुरक्षा हुँदैन भन्ने विश्वास पुँजीपतिलाई दिलाउनुपर्ने बताउदै गाँउको विकासले शहरको व्यापार बढ्ने विश्वास दिलाउनुपर्ने बताए।
उनले समाजवाद भनेको मान्छेलाई मान्छेको रुपमा हेर्ने दृष्टीकोण भएको पनि बताए।
कार्यक्रममा प्रध्यापक डा गोविन्दमान सिंह कार्कीले कार्यपत्र पेश गरेका थिए। सो कार्यपत्रमाथि नेपाल पत्रकार महासंघको सभापति धर्मेन्द्र झाले कार्यपत्रमाथि टिप्पणी गरेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
