दैलेखमा ट्रयाक्टर दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

दैलेख । नौमूले गाउँपालिका वडा नं १ स्थित मालुभीरमा ट्रयाक्टर दुर्घटना हुँदा चालक कविराम पुरीको घटनास्थलमै मृत्यु भएको छ।

नौमूले सडक निर्माणका लागि प्रयोग गरिएको ना ७ त १२१६ नम्बरको ट्रयाक्टर अपराह्न ३  बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी नैनबहादुर साउदले बताए।

Advertisement

सहचालक नौमूले गाउँपालिकाका नन्द बस्नेत घाइते भएका छन्। उनको उपचार नौमूले स्वास्थ्य केन्द्रमा भइरहेको छ।

ढुङ्गा ओसारपसार गरिरहेको ट्रयाक्टर सडकबाट दुई सय मिटर तल खसेको थियो।

दुल्लू नगरपालिका-९ धामीगाउँका पुरीको शव परीक्षणका लागि स्वास्थ्य सेवा कार्यालय दैलेख ल्याउने तयारी भएको छ।

घटनाको अनुसन्धानका लागि प्रहरी घटनास्थलमा पुगिसकेको छ।

More News last news
Loading...