राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक मंगलबार बस्दै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलबार बस्ने भएको छ।

आइतबार बसेको पार्टीका तीन अध्यक्षको बैठकले मंगलबारका लागि केन्द्रीय समिति तोकेको हो।

Advertisement

पटक-पटक विभाजन भएर फेरि एक भएको राप्रपामा चुनाव चिह्न के राख्ने भन्ने विषयमा मतान्तर छ।

राप्रपाका अध्यक्ष कमल थापाका अनुसार आइतबारको बैठकले राप्रपालाई देशको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिका रूपमा स्थापित गर्न पार्टी एकता सुदृढ तुल्याउने र सबै समस्याहरु समझदारीबाट समाधान गर्ने निर्णय गरेको छ।

‘पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक असोज ६ गते गर्ने निर्णय भएको छ’, थापाले भने।

More News last news
Loading...