काठमाडौँ । अब कक्षा ११ मा भर्ना हुन माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अंग्रेजी, गणित र विज्ञानमा न्यूनत्तम ‘डी प्लस’ ल्याउनै पर्ने प्रावधान हटेको छ।
राष्ट्रिय पाठ्यक्रम विकास केन्द्र तथा मूल्यांकन परिषद्ले कक्षा ११ मा भर्ना हुन माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अंग्रेजी, गणित र विज्ञानमा न्यूनत्तम ‘डी प्लस’ ल्याउनै पर्ने प्रावधान हटाएको हो।
मूल्यांकन परिषद्ले ‘जीपीए १.६ र डी प्लस दुवै ल्याउनुपर्ने प्रावधान राख्दा हजारौं विद्यार्थीले कक्षा ११ पढ्न नपाउने भएपछि त्यो निर्णय सच्याएको जनाएको छ।
परिषद्को भदौ ११ गते बसेको बैठकले एसईईमा औसत ग्रेड प्वाइन्ट (जीपीए) १.६ ल्याएका विद्यार्थीले कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित बाहेकका विषय पढ्न पाउने निर्णय गरेको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालले जानकारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
