पोखरा । पर्यटकीय नगरी पोखराको फेवातालमा लामो समयपछि डुङ्गा व्यवसहाय सञ्चालनमा आएको छ।
लकडाउनका कारण लामो समयदेखि बन्द डुङ्गा असोज २ गतेदेखि सञ्चालनमा आएको हो।
कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै जारी भएको लकडाउनका कारण डुङ्गा ६ महिनादेखि बन्द रहेको थियो।
सरकारले असोज १ गतेदेखि नै डुङ्गा सञ्चालनको अनुमति दिइए पनि मर्मत सम्भारको काम बाँकी रहेकाले असोज २ गतेबाट सञ्चालनमा आएको फेवा डुङ्गा व्यवसायी समितिले जनाएको छ।
समितिका अनुसार सरकारले दिएको निश्चित मापदण्डअनुसार डुङ्गा सञ्चालन सुरु गरिएको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
