पोखरामा असोज ५ गतेबाट प्याराग्लाइडिङ उडान शुरु हुँदै

पोखरा । पोखरामा सञ्चालित सहासिक खेलकुद प्याराग्लाइडिङ असोज ५ गतेबाट व्यवसायिक उडान शुरु हुने भएको छ।

कोरोनाका कारण विगत ६ महिना देखि बन्द रहेको प्याराग्लाइडिङ सञ्चालनका लागि असोज ५ गतेबाट नेपाल हवाई खेलकुद संस्था (ना)ले तयारी शुरु गर्ने जनाएको हो।

Advertisement

नेपालको हवाई कम्पनीहरुले ५ गतेबाट नै उडान थाल्ने तयारी गरेसँगै ना ले समेत आन्तरिक पर्यटकलाई लक्षित गर्दै व्यवसायिक उडान शुरु गर्ने भएको अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिएका छन्।

पोखरामा सञ्चालित प्याराग्लाइडिङका ६० भन्दा वढी व्यवसायिक कम्पनीहरु बन्द रहेसँगै खोल्ने तयारी पनि थालिएको अध्यक्ष भण्डारीले बताए।

More News last news
Loading...