काठमाडौँ । आफ्नो समर्थनमा प्रदर्शन नगर्न कुलमान घिसिङले सर्वसाधारणलाई आग्रह गरेका छन् ।
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा आफ्नो पुनः नियुक्तिको माग गर्दै काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा भइरहेको प्रदर्शनप्रति आफ्नो गम्भीर ध्यान आकर्षण भएको भन्दै घिसिङले प्रदर्शन नगर्न आग्रह गरेका हुन्।
आफूले सरकारले दिएको ४ वर्षे कार्यकाल जिम्मेवारीपूर्ण ढंगले पूरा गरेको बताउँदै घिसिङले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको निरन्तरता वा परिवर्तन नियमित प्रक्रिया र स्वभाविक हुने बताएका छन्।
यस्तो छ कुलमान घिसिङको सूचना
नेपाल विधुत प्राधिकरणको कार्यकारी निर्देशकमा मेरो पुनः नियुक्तिको माग गर्दै केही दिनदेखि संघिय राजधानी काठमाडौं उपत्यका सहित देशका विभिन्न ठाउमा भैरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएकोे छ।
नेपाल सरकारले मलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्दा दिएको जिम्मेवारी मैले सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको छु।
प्राधिकरणको कार्यकारी निर्देशको नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवॅ स्वाभाविक प्रकृया भएकोेले यसलाई हामी सबैले आत्मसाथ गर्नै पर्छ। प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्नै सम्पूर्ण अधिकार नेपाल सरकार मा निहित भएकाले यस बिषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने नै छ।
विश्वब्यापि रूपमा फैलीएकोे कोभिद -19 का कारण नेपालमा पनि अत्रान्ता भएकोे बेला मलाई प्राधिकरण को कार्यकारि निर्देशक मा निरन्तरता दिनु पर्ने भन्ने माग राखी माहामारि संवेदनशील अबस्था मा सडक मा भिडभाड गरी प्रर्दशन नगरी दिनु हुन सबै लाई हार्दिक अनुरोध गर्दछु।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
