राजधानीका सम्पादक पण्डित प्रबल जनसेवाश्रीवाट विभूषित

काठमाडौँ । राजधानी राष्ट्रिय दैनिकका सम्पादक सागर पण्डितसहित विभिन्न सञ्चारकर्मीहरु विभूषित भएका छन् ।

सरकारले संविधान दिवसका अवसरमा सम्पादक पण्डितलाई प्रबल जनसेवाश्रीबाट विभूषित गरेको हो । शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषण पाउनेहरुको नाम घोषणा गरिएको हो।

Advertisement

सो अवसरमा पण्डित लगायत अन्य सञ्चारकर्मीहरु राजेश झा, राजेशकुमार अर्याल,गोविन्द प्रसाद भण्डारी, शुभशंकर कँडेल, धर्मेन्द्र कर्ण, शुभेच्छा विन्दु तुलाधर र चिरञ्जिवी मास्केलाई पनि प्रवल जनसेवाश्री बाट विभूषित गरिएको छ ।

यसैगरि अन्य केहि सञ्चारकर्मीहरु जनसेवाश्रीबाट विभूषित भएका छन्। जनसेवाश्रीबाट विभूषित हुने सञ्चारकर्मीहरुमा सुर्यमणि गौतम, मोहन बस्नेत, लिलाराज भट्टराई, सविन प्रियाशन चौधरी,हरिनारायण गौतम,टिका विष्ट रहेका छन् ।

संविधान दिवसको अवसरमा राष्ट्रपतिले राष्ट्रिय जीवनमा विभिन्न योगदान पु-याएका झण्डै ५ सयजनालाई विभिन्न मानपदवी, अलंकार र पदकबाट विभूषित गरेकी हुन् ।

More News last news
Loading...