त्यागको राजनीतिले मात्रै मुलुको उन्नती हुन्छ : नेविसंघ महामन्त्री भट्टराई

काठमाडौँ । प्रमूख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का महामन्त्री दीपक भट्टराईले त्यागको राजनीतिले मात्रै मुलुकको उन्नती र विकास हुने बताएका छन्।

महामन्त्री भट्टराइले लौह पुरुष गणेशमान सिँहको २३ औं स्मृति दिवसका अवसरमा नेविसंघ नेपाल कमर्श क्याम्पसले आयोजना गरेको कार्यक्रममा बोल्दै अहिलेको सरकार सत्ता लिप्सामा लाग्दा मुलुकको प्रगति र विकास हुन नसकेको बताएका हुन्।

Advertisement

कार्यक्रमको प्रमूख अतिथि समेत रहेका महामन्त्री भट्टराईले ‘प्रधानमन्त्री पद समेत अस्विकार गरी आफ्ना मित्रलाई सुम्पने’ त्याग र निष्ठाका प्रतिमुर्ति, प्रजातान्त्रिक आन्दोलनका सुनौलो इतिहास, सर्वोच्च नेता, लौह पुरुष गणेशमान सिंहबारे चर्चा गर्दै अहिले पनि देश विकासका लागि सोही राजनीतिक संस्कार आवश्यक रहेको बताए।

महामन्त्री भट्टराइृले भने, “अहिलेको सरकार सत्ता लिप्सामा लागेको छ। आफ्ना आसे पासेलाई नियुक्ति दिने र निर्वाचनमा जनमतले बढारेका नेतालाई सत्तामा चढाउने सिँढी बनेको छ। सरकारले दिर्घकालिन कुनै योजना ल्याउन सकेको छैन। यो सरकार न आफैँ जान्छ, न भनेको सुन्छ।”

कार्यक्रममा भट्टराईले दिन प्रतिदिन बढ्दै गरेको कोरोना भाइरस (कोभिड १९) रोकथाममा सरकार र सम्बन्धित मन्त्रालय गम्भीर भएर लाग्नुपर्ने पनि बताएका छन्।

नेवि संघ नेपाल कमर्श क्याम्पसले लौह पुरुष गणेशमान सिँहको २३ औं स्मृति दिवसका अवसरमा आयोजना गरेको दीप प्रज्वलन कार्यक्रममा महामन्त्री भट्टराईसँगै नेवि संघका विभिन्न नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

शुक्रबार परेको नेपाली काँग्रेसका संस्थापक नेता पहिलो जनाआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिँहको २३ औँ स्मति दिवसका अवसरमा माउ पार्टी नेपाली काँग्रेस, गणेशमान सिँह प्रतिष्ठान, पार्टीका विभिन्न जिल्ला समिति लगायतले विभिन्न कार्यक्रम गरेका थिए।

 

 

 

 

More News last news
Loading...