सुत्केरी खान माइत हिँडेकी महिलाको काखको छोरा बाढीले बगायो

भरतपुर । ठोरी-माडी सडकखण्ड अन्तर्गत चितवन राष्ट्रिय निकुञ्जको टिउकी खोलाले ट्याक्टर बगाउँदा एक शिशुको मृत्यु भएको छ।

मृत्यु हुनेमा शिशु कञ्चनपुरका सन्तोष सुनार र निरुताका करिब एक महिनाका छोरा रहेका छन्।

Advertisement

कञ्चनपुरबाट पर्साको ठोरी गाउँपालिका–१ सरस्वतीनगरस्थित निरुताको माइती घरमा जाने क्रममा बिहीबार राति करिब १० बजेको समयमा टिउकी खोलाले बगाउँदा शिशुको मृत्यु भएको हो।

सन्तोष र उनकी पत्नी शिशुसहित कञ्चनपुरबाट आई नारायणगढस्थित आफन्तकोमा बसेर बिहीबार बसमार्फत ठोरी हिँडेका थिए।

तर उनको परिवार सवार बस टिउकी खोलामा फसेपछि सो बसमा सवार यात्रुको उद्धारका लागि ठोरीबाट ट्याक्टर बोलाइएको थियो।

ठोरी गाउँपालिका–१ का वडाध्यक्ष रामप्रकाश कुँवरका अनुसार बसका यात्रुलाई ट्याक्टरमा सिफ्ट गरेर फर्कने क्रममा टिउकी खोलाको बाढीले ट्याक्टर बगाएको हो।

More News last news
Loading...