अब खाली ग्यास सिलिण्डरको मूल्य २१ सय रुपैयाँ पर्ने

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले बागमती प्रदेशमा एलपी ग्यासको खाली सिलिण्डरको धरौटी रकम २१ सय रुपैयाँ तोकेको छ।

बजारमा कम्पनीअनुसार सिलिण्डरको धरौटी रकममा मनपरी मूल्य लिइएपछि एक रुपता ल्याउन यस्तो निर्णय गरिएको संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए ।

Advertisement

बागमती प्रदेशमा शुक्रबारदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार अब जुनसुकै कम्पनीको सिलिन्डरसहित किन्दा ३४ सय ७५ रुपैयाँ भन्दा बढी तिर्नुपर्ने छैन।

निगमले तोकेको ग्यासको प्रतिसिलिण्डर मूल्य १३ सय ७५ र सिलिण्डरको धरौटी २१ सय गरेर भरी सिलिण्डर ग्याससहित नयाँ सिलिण्डरको मूल्य निर्धारण गरिएको अध्यक्ष भण्डरीले बताए ।

More News last news
Loading...