तस्बिरमा हेर्नुहोस् नेपाली भूमिमा नेपालको आफ्नै रेल

काठमाडौँ । जनकपुर–जयनगर चल्ने नेपालको आफ्नै रेल नेपाली भूमिमा प्रवेश गरेको छ। भारतमा निर्माण भएको रेल भारतको जयनगर स्टेशनबाट जनकपुर आउँदै छ।

Advertisement

अहिले रेल नेपाली भूमि प्रवेश गरेको र दिउँसोसम्म जनकपुर आइपुग्ने रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिएका छन्।

नेपालको राष्ट्रिय झण्डा अंकित दुई वटा रेल भारतको बिहारमा रहेको हाजीपुर स्टेसनबाट जयनगर हुँदै जनकपुर ल्याइएको हो।

लामो समयदेखि बन्द रहेको रेल जनकपुर आउने निश्चित भएपछि स्थानीयबासिन्दा उत्साहित भएका छन्। आवश्यक कानून बनाएर दशैँ–तिहारपछि रेल सञ्चालनमा ल्याउने विभागले जनाएको छ।    (रेल विभागका महानिर्देशक बलराम मिश्रको समाजिक सञ्जालबाट)

More News last news
Loading...