आज बढ्यो सुनको भाउ

काठमाडौँ । शुक्रबार सुनको मूल्य प्रतितोला रुपैयाँ ४ सयले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रवार सुनको मूल्य प्रतितोला ९७ हजार तोकिएको छ।

Advertisement

बिहीबार प्रतितोला ९६ हजार ६०० मा कारोबार भएको थियो।

यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा चार सय रुपैयाँ बढेको महासंघले जनाएको छ । महासंघका अनुसार बिहीबार ९६ हजार १०० मा कारोबार भएको तेजाबी सुनको मूल्य आज ९६ हजार ५०० तोकिएको छ ।

त्यसैगरी चाँदीको मूल्य पनि बढेको छ । बिहीबार एक हजार ३२० मा कारोबार भएको चाँदीको मूल्य शुक्रवार एक हजार ३३० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

More News last news
Loading...