काठमाडौँ । नेपाली कांग्रेस (विपी) ले नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहलाई सम्झिने भएको छ।
सिंहको २३ औं स्मृति दिवसको अवसरमा पार्टीले शुक्रबार विहान साढे ८ बजे रत्नपार्कको शान्तिबाटिकामा रहेको सिंहको शालिकमा माल्यार्पण गर्ने भएको छ।
पार्टीका कार्यालय सचिव सुशीलराज वाग्लेले बुधबार एक विज्ञप्ती प्रकाशित गरी कार्यक्रममा सहभागिताका लागि नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई आग्रह समेत गरेका छन्।
सिंहले पार्टीमा सधैं त्यागको राजनीति गरेको भन्दै उनी अहिलेसम्म पनि सबैका मार्गदर्शक बनेका छन्। उनले २०४७ सालमा प्रजातन्त्र प्राप्तिका लागि पनि ठूलो योगदान गरेका थिए। उनको २०५४ साल असोज २ गते निधन भएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
