काठमाडौँ । दशैँ तिहार नजिकिँदै गर्दा दशैँ तिहारसँग सम्बन्धित धेरै गीतहरु अहिले नेपाली साँगीतिक बजारमा प्रकाशित भैरहेका छन्। यहि भीडमा विन्ध्यवासिनी म्युजिकले पनि आफ्नै निर्माण तथा बजार ब्यबस्थापनमा एउटा मर्मस्पर्सी गीत सार्वजनिक बजारमा ल्याएको छ।
‘उड्यो चरी आकासमा भुरुरु’ बोलको उक्त गीतलाई लोकप्रिय गीतकार तथा संगीतकार करण न्यौपानेले रचना तथा संगीत गरेका हुन्।
गीतलाई लोकप्रिय गायिका माण्डवी त्रिपाठी, बाल गायिका तेजस्वी पन्त र पछिल्लो पुस्ताका आफ्नो छुट्टै पहिचान बनाउन सफल लोकप्रिय गायक प्रकाश सपुतले गाएका हुन्।
गीतको म्युजिक भिडियो देबेन्द्र बब्लुले निर्देशन गरेका हुन् भने लोकप्रिय मोडल तथा निर्देशक शिवान पोख्रेल, एव्लीना खड्का र रोशनी कार्कीको अभिनय रहेको छ।
भिडियोलाई अनिल कृष्ण मानन्धरले छायाँकन गरेका हुन् भने सम्पादन प्रविण भट्टले गरेका हुन्। गीत र भिडियोमा गरिवी अनि परदेशी जीवनको बारेमा यथार्थ चित्रण गरेको देख्न सकिन्छ।
महिला बेदनाको दशैँ गीत
बिन्ध्यवासिनी म्युजिकले बजारमा ल्याएको उक्त दशैँ गीतले पुरुष बेदनालाई समेटेको छ। प्राय नेपाली गीतहरुमा पारिवारिक जिम्मेवारीका कारण पुरुष मात्रै परदेश गएको र उनीहरुको भोगाइको कथालाई मात्रै उठान गरिँदै आएको थियो।
तर, यो गीतमा महिलाहरुको कथा व्यथालाई चित्रण गरिएको छ। जसमा प्रतिनिधि पात्रको रुपमा एकजना महिला आफ्नो काखको बच्चा छोडेर पारिबारिक जिम्मेवारी र विवसताका कारण विदेशिएको र त्यसपछिको उनको भोगाइ र परिस्थितिलाई चित्रण गरिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
