आशा लघुवित्तले १५ दशमलव ७८ प्रतिशत लाभांश दिने

काठमाडौँ । आशा लघुवित्तले शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ ।

लघुवित्तले १५.७८ प्रतिशत लाभांश दिने घोषणा हो। हिजो दिउँसो बसेको सञ्चालक समितिको बैठकले सोही घोषणा गरेको हो।

Advertisement

आव २०७६/७७ को नाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र ०.७८ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश सहित १५.७८ प्रतिशत लाभांश दिने निर्णय गरेको कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद दुलालले जनाएका छन्।

कम्पनीले घोषणा गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि वितरण गरिने कम्पनी सचिव दुलालले बताए।

कम्पनीको हाल कायम चुक्ता पूँजी २३ करोड २२ लाख ८८ हजार रुपियाँ रहेको छ।

More News last news
Loading...