काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मटितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ।
इन्डियन आयल कर्पोरेशनले १६ सेप्टेम्बर (भदौ ३१) मा पठाएको मूल्यअनुसार डिजेल र मटितेलको मूल्य घटाइएको हो।
निगमका प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार नयाँ मूल्य बुधबार राति १२ बजेदेखि लागू हुनेछ।
‘राति १२ बजेदेखि डिजेल र मटितेलको साविक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ घटाउने निर्णय गरेका छौं,’ निगमका प्रवक्ता उपाध्यायले भने, ‘नयाँ मूल्यअनसार डिजेल र मटितेलको प्रतिलिटर मूल्य ९०/९० रुपैयाँ कायम गरिएको छ।’
निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको जनाएको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
