काठमाडौँ । एसियन पेन्ट्सले नेपाल आर्किटेक्चर स्टुडेन्ट्स डिजाइन प्रतियोगिता २०१९/०२० का विजेताहरुको घोषणा गरेको छ। प्रतियोगितामा नेपालका आर्किटेक्चरल कलेजहरुमा अध्ययन गरेका २०७२ का ब्याचका सहभागी ३६ जना विद्यार्थीमध्ये पाँच जना उत्कृष्ट घोषणा भएका हुन्।
उनीहरुलाई ललितपुर महानगरपालिकाको नगर कार्यालय भवन ब्लक बी डिजाइन गर्न भनिएको थियो।
विजेताको घोषणा एसियन पेन्ट्स र ललितपुर महानगरपालिकाका प्रतिनिधि तथा विद्यार्थी र प्राध्यापकको उपस्थितिमा जुम एपमार्फत् भएको हो।
प्रतियोगिताको विजेता आईओई पूर्वाञ्चल क्याम्पसका शुभम् कार्कीले पुरस्कार स्वरुप एसियन पेन्ट्सको तर्फबाट ७० हजार र महानगरपालिकाको तर्फबाट २५ हजार रुपैयाँ पाउनेछन्।
यसैगरी द्वितीय हुने आईओई थापाथली क्याम्पसकी सुनिता गुरुङ्गले एसियन पेन्ट्सको तर्फबाट ४० हजार र महानगरपालिकाको तर्फबाट २० हजार रुपैयाँ पाउनेछन् ।
यस्तै तृतीय पुरस्कार पाउने आईओई थापाथली क्याम्पसकी प्रवासा बज्राचार्यले एसिनयन पेन्ट्सको तर्फबाट ३० हजार र महानगरपालिकाको तर्फबाट १५ हजार रुपैयाँ पाउनेछन् ।
सान्त्वना पुरस्कारका दुई जना विजेताहरु आईओई थापाथली क्याम्पसका दिप्गेस्ट कटुवाल र आईओई पुल्चोक क्याम्पसका विवेक हिमालयले एसियन पेन्ट्स र महानगरपालिकाको तर्फबाट १०्१० हजार रुपैयाँ प्राप्त गर्ने कम्पनीले जनाएको छ।
यसैबीच अरु १० जना सहभागी विद्यार्थीहरुलाई पनि महानगरपालिकाले पाँच्पाँच हजार रुपैयाँ नगद प्रदान गर्ने भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
