भक्तपुर घटनाको पोष्टमार्टम रिपोर्ट सार्वजनिक: हत्या गरेको २४ घण्टापछि आत्महत्या

काठमाडौँ । भक्तपुरको सामूहिक हत्या प्रकरणमा घरमुली सुदीप अधिकारीले पत्नी र छोराको हत्या गरेर आत्महत्या गरेको पोस्टमार्टम रिपोर्टले देखाएको छ।

भक्तपुरको मध्यपुर थिमी नगरपालिका-६, कुन्डोलका ३६ वर्षीय सुदीप अधिकारी, उनकी पत्नी ३४ वर्षीय सम्झना र छोरा १५ वर्षीय सुशान्तको २६ भदौमा घरभित्रै शव भेटिएको थियो।

Advertisement

प्रारम्भिक अनुसन्धानपछि प्रहरीले सुदीपले श्रीमती र छोराको हत्यापछि विष सेवन गरेर आत्महत्या गरेको हुनसक्ने आशंका गरेको थियो।

अनुसन्धानमा संलग्न अधिकृतका अनुसार पोस्टमार्टम रिपोर्टले आमाछोराको धारिलो हतियार प्रहारबाट मृत्यु भएको निष्कर्ष निकालेको छ।

काठमाडौँ मेडिकल कलेज, दुवाकोटमा गरिएको पोष्टमार्टमले पनि त्यही देखाएको छ। सम्झनाको मृत्युको कारणमा ‘बल्ट फोर्स इन्जुरी अन हेड’ भनिएको छ। साथमा टाउकोमा तीन पटक छुरा प्रहार भएको रिपोर्टमा उल्लेख छ। छोराको भने घाँटी रेटेको पाइएको छ।

More News last news
Loading...