काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन्।
कोरोना संक्रमण भएपछि होम आइसोलेसनमै रहेका कोइरालामा ज्वरो बढेपछि मंगलबार साँझ ८ बजे ओम अस्पताल लगिएको हो।
अहिले ज्वरो हटेको र आइसोलेसनमा उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।
शशांकको उपचारमा अस्पतालका मेडिकल डाइरेक्टरसमेत रहेका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. बिश्वनाथ कोइरालाको नेतृत्वमा सिनियर कन्सल्ट्यान्ट पल्मोनोलोजिष्ट डा. सुबोधसागर ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभिष्ट डा. प्रमेश सुन्दर श्रेष्ठ लगायतको टिम संलग्न रहेको छ।
कोइरालाको अवस्था स्थिर र सुधारोन्मुख रहेको अस्पतालका प्रवन्ध संचालक बाबुकाजी कार्कीले जानकारी दिएका छन्।
उनमा भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
