काठमाडौँ । नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्टार अस्पतालमा स्वाब परीक्षण गर्दा उनलाई कोरोना देखिएको हो। उनी अहिले सोल्टी होटलको आइसोलेसनमा रहेका छन् ।
लामाले आइतबार स्वाब दिएका थिए। सोमबार बिहान रिपोर्ट आएसँगै आफू आइसोलेसनमा भर्ना भएको उनले बताए।उनीसँगै नेपाल वायुसेवा निगमको वाइडबडी जहाज उडाएका बेलायती क्याप्टेन उदय कोल्हात्करलाई संक्रमण पुष्टि भएको छ।
दुवैले तीन दिनअघि शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई वाइडबडी जहाजबाट अफ्रिकी मुलुक दक्षिण सुडान लगेका थिए।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
