काठमाडौँ । साताको दोस्रो दिन अर्थात सोमबार सुनको मूल्य बढेको छ।
आज छापावाल सुन प्रतितोला ४ सयले बढेर प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कोरोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कोरोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
