गण्डकी प्रदेशमा थप एक कोरोना संक्रमितको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा थप एक जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । नवलपुर मध्यविन्दु–१२, का ६० वर्षीय पुरुषको उपचारको क्रममा लुम्बिनी अस्पतालमा मृत्यु भएको हो।

निमोनिया र श्वासप्रश्वाससम्बन्धि समस्याले ग्रस्त उनको उपचारको क्रममा निधन भएको हो। रुपन्देहीको लुम्बिनी अस्पतालमा उपचाररत ती पुरुषको स्वाब जाँच गर्दा संक्रमण पुष्टि भएको थियो।

Advertisement

भदौ  २६ गते दिउँसो उनको मृत्यु भएको थियो । अस्पताल प्रशासनले जानकारी दिएपछि स्वास्थ्य निर्देशनालयले मृतकको संख्या थपिएको जनाएको छ । योसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ।

गण्डकीमा थप १९ जना संक्रमित थपिए

पछिल्लो अपडेटअनुसार  प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये  बागलुङ बडिगाडका २ जना विदेशबाट आएर क्वारेन्टिनमा बसेकाहरु रहेका छन् भने कास्कीमा १७ जनामा संक्रमण देखिएको छ।

पछिल्लो अपडेटअनुसार कुल संक्रमितको संख्या २ हजार १९१ पुगेको छ।

More News last news
Loading...